बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप २,२३७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु, २,०५० डिस्चार्ज

१० श्रावण, २०७८ १७:२४ मा प्रकाशित

386 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ४३ हजार ६१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २७ हजार २२८ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६८० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार ५४८ जना होम आइशोलेसनमा रहेका छन् । ६६६ जना आईसियुमा १६८ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome