बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

मलेसियामा सेक्युरिटी गार्ड कुटिएपछी नेपाली दूतावासले सुरु गर्‍यो सोधखोज

१७ श्रावण, २०७७ ०८:२१ मा प्रकाशित

469 Views पटक पढिएको

nepalese foreign worker beaten to tears in malaysia

काठमाडौं – मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ ।

उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ ।

दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome