बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

लेखक संग्रौलालाई महेश बस्‍नेतको धम्की !

११ श्रावण, २०७८ १६:३९ मा प्रकाशित

513 पटक पढिएको

khagendra sangraula

काठमाडौं – लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले नेकपा एमालेका नेता महेश बस्नेतबाट धम्की आएको बताएका छन् ।

ट्वीटरमार्फत संग्रौलाले यस्तो बताएका हुन् । बस्नेतले आफूलाई ‘साइबर सेना लगाएर तह लगाउने’ धम्की दिएको लेखक संग्रौलाको भनाइ छ ।

लेखक संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला । धन्य ओली सर !’

संग्रौला सत्ताको कडा आलोचना गर्दै नियमित लेखिरहने लेखक तथा अभियन्ताको रुपमा चिनिन्छन् । उनी पछिल्लो समय वृहद् नागरिक अभियानको अगुवामध्ये एक हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome