सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

थप ३,४२१ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु, १,६८६ डिस्चार्ज

११ श्रावण, २०७८ १६:५१ मा प्रकाशित

461 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ४५ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २७ हजार ९०८ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ८१५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २५ हजार ९३ जना होम आइशोलेसनमा रहेका छन् । ६६९ जना आईसियुमा १६६ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome