सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

सिभिल सहकारीले बचतकर्तालाई पिडित बनायो

११ श्रावण, २०७८ १८:२१ मा प्रकाशित

540 पटक पढिएको

civil savings & credit co-operative limited

काठमाडौं – राजधानीको कालिमाटीस्थित विगत २० बर्ष देखि सञ्चालित सिभिल सेभिङ्गस एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्था प्राइभेट लिमिटेडले विगत २ बर्ष देखि निक्षेपकर्ताहरुको साँवा तथा ब्याज नदिएको खुल्न आएको छ ।आफ्नो पुँजी आफुलाई आवश्यक पर्दा उपलब्ध नगराई पिडित बनाएको भन्दै निक्षेपकर्ताहरुले आवश्यक पहल कदमीको लागि विभिन्न सरोकारवाला निकायमा धाउन थालेका छन् ।

सिभिल होम्स, सिभिल ट्रेड, सिभिल बैंक जस्तै झण्डै आधा दर्जन कम्पनीका सञ्चालन गर्दै आएका सिभिल ग्रुपका ब्यवसायी तथा तत्कालिन एमालेका सांसद तत्कालिन सिभिल सेभिङ्गस एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्था प्रा . लिका अध्यक्ष इच्छाराज तामाङ्गद्वारा सञ्चालित उक्त सहकारीले निक्षेपकर्ताहरुको झण्डै ८ अर्व रुपैयाँ विना धितो ऋण निकालेर अफ्नो अर्को ब्यवसायमा लगानी गरेर सहकारीमा पैसा राख्ने निक्षेपकर्ताहरुलाई बिचल्ली बनाएको पिडितहरुको भनाइ छ ।

निक्षेपकर्ताहरुले आफ्नो उपचार गर्न आफ्नो रकम निकाल्न जाँदा समेत रकम उपलब्ध नगराएको कारण उपचार नपाएर बिरामिको मृत्यु समेत भएको बताएका छन् । निक्षेपकर्ताहरुले गरेको गुनासो बारे बुझ्न सिभिल को-अपरेटिभका आधिकारीक ब्यक्ती सङ्ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन l यस बारेमा सहकारी विभाग प्रदेश नम्बर ३ का रजिष्ट्रार बिक्रम पाण्डे भने आफ्नो विभागले गर्नु पर्ने सम्पुर्ण काम भैसकेको र सिभिल क्रेडिट तथा को-अपरेटिभ तत्कालिन अध्यक्ष इच्छाराज तामाङ्गले बचतकर्ताहरुको रकम यहि श्रावणको अन्तिमसम्म दिने कुरामा सहमती भएको र नदिएको खण्डमा मुद्दालाई प्रहरीमा पठाउने बाहेकको उपाय नभएको बताउनुहुन्छ ।

सिभिल ग्रुपले सञ्चालन गरेको ठुला मध्य सिभिल सेभिङ्गस एण्ड क्रेडिट को-अपरेटिभले बचतकर्ताहरुको ८ अर्ब १३ करोड रुपैयाँमध्य ७ अर्ब ४३ करोड सिभिल ग्रुपकै रियल स्टेटमा लगानी गरेपछि बचतकर्ताहरुको बिचल्ली भएको हो ।

सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको यस्तो सहकारीको आडमा निक्षेपकर्ताहरुको पैसा ठगी गर्छन् भने त्यस्ता अनियमित तरिकाले ठगी गर्ने संस्थालाई कारवाही गरि निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने काम पनि सरकारले नै गर्नु पर्ने पिडितहरुले आवाज उठाउदै आइरहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome