आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

१२ श्रावण, २०७८ १७:०० मा प्रकाशित

579 पटक पढिएको

amik sherchan

काठमाडौं – माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो। ओलीले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिलक परियार र अमिक शेरचनलाई हटाइदिएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome