सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

धम्काउने, थर्काउने मेरो शैली होइन : महेश बस्नेत

१२ श्रावण, २०७८ १७:०६ मा प्रकाशित

253 पटक पढिएको

mahesh basnet

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले धम्काउने थर्काउने आफ्नो शैली नभएको बताएका छन्। आइतबार ट्वीटरमार्फत लेखक खगेन्द्र संग्रौलाले बस्नेतबाट धम्की आएको सार्वजनिक गरेपछि उनले फेसबुकमार्फत सोमबार जवाफ फर्काएका हुन्। असल संस्कार युक्त परिवारमा हुर्केको बताउँदै बस्नेतले सेवा र आदरभावका साथ प्रस्तुत हुनु आफ्नो स्वभाव भएको प्रस्ट्याएका छन्।

‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन्।गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्।’ उनले लेखेका छन्, ‘म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो। धम्काउने थर्काउने मेरो शैली होइन।’

उनले उपत्यका युथ फोर्स कमाण्ड घोषणा सभामा खगेन्द्रलाई धम्की नदिएको, माधव नेपाल कमरेडलाई नथर्काएको बताएका छन्। ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवस्यक नै छ।’ उनले भनेका छन्,‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्ष्यमा हिँड्नेछ। बाधा अड्चन आइपरे मात्र हटाउनेछ।’

बस्नेतले एमालेको पक्ति र जनतनसँग सत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक नभएको बताएका छन्। उनले युथ फोर्सको गठनले असाहाय, पीडित, गरिब, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको धारणा राखेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome