सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

काठमाडौं किंग्स–११ बाट नेपालमा क्रिकेट खेल्दै पाकिस्तानका पूर्वकप्तान अफ्रिदी

१२ श्रावण, २०७८ १७:१२ मा प्रकाशित

521 पटक पढिएको

shahid afridi

काठमाडौं – पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्। छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौंमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ बाट खेल्ने तय भएको हो।

काठमाडौं किंग्स–११ ले सोमबार कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेलेका थिए। सो क्रममा उनले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाए। यस्तै उहाँले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिएका थिए।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेलेका थिए। उनले अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका छन्। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण इपीएल हुन सकेको थिएन। इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स–११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome