सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित एक पक्राउ

१३ श्रावण, २०७८ ०६:५६ मा प्रकाशित

396 पटक पढिएको

gold seized

काठमाडौं – त्रिभुवन विमानस्थल काठमाडौंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन बरामद भएको छ। कफिको बट्टा जस्तो बनाएर उक्त सुन ल्याइएको हो ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो।

सुनसहित गोरखाका पदम परियारलाइ पक्राउ गरेको भन्सार कार्यालयले जनाएको छ।

१२ गते मङ्गलबार विहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफिको बट्टा जस्तो बनाएर उक्त बस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ। पक्राउ परेका परियार माथी थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

padam pariyar
tia police chief rajeshnath bastola

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome