सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ३,८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु, १,९९३ डिस्चार्ज

१३ श्रावण, २०७८ १८:०५ मा प्रकाशित

351 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनासहित देशभर थप ३ हजार ८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५९ जना, ललितपुरमा २०६ जना र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण देखिएको हो। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ४९ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २९ हजार ९९४ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७९२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २६ हजार ६५२ जना होम आइशोलेसनमा रहेका छन् । ६११ जना आईसियुमा १६८ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome