शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप ३,३६५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु, १,३७३ डिस्चार्ज

१४ श्रावण, २०७८ १९:२७ मा प्रकाशित

354 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ५० हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३० हजार ३९० जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २७ हजार ३५५ जना होम आइशोलेसनमा रहेका छन् । ६३६ जना आईसियुमा १६० जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome