शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पूर्वमाओवादी नेताहरुको रिटमा अहिले सुनुवाइ नहुने

१४ श्रावण, २०७८ १९:३१ मा प्रकाशित

783 पटक पढिएको

supreme court of nepal

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट निष्कासित चार नेताहरुले सांसद पद जोगाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ ।

यससँगै उक्त मुद्दाको सुनुवाइ अहिलेका लागि रोकिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न नभ्याइनेमा पारेको हो ।

पूर्वमाओवादीका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वाहली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

तत्कालिन नेकपामा छँदा मन्त्री बनेका उनीहरु एमाले र माओवादी केन्द्र अलग भएपछि पनि एमालेमै बसेर मन्त्री पदमा थिए । तर सर्वोच्चको फैसलासँगै उनीहरुको मन्त्री र सांसद पद खारेज भएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome