सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ३,६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु, १,८१६ डिस्चार्ज

१५ श्रावण, २०७८ १७:४० मा प्रकाशित

556 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ५२ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३१ हजार १४ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार १९४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २७ हजार ८२० जना होम आइशोलेसनमा रहेका छन् । ६८६ जना आईसियुमा १६१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome