आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप ३,१०६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु, १,९१६ डिस्चार्ज

१६ श्रावण, २०७८ १८:०८ मा प्रकाशित

709 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ५६ हजार ७३९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९१६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ५४ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३१ हजार ३५५ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार १०१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २८ हजार २५४ जना होम आइशोलेसनमा रहेका छन् । ७०६ जना आईसियुमा १६६ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome