सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

महाकाली तुईन घटनामा एसएसबीको संलग्‍नता छैन: भारतीय पक्ष

१७ श्रावण, २०७८ ०९:१८ मा प्रकाशित

259 पटक पढिएको

tuin technology

काठमाडौं – महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय पक्षको हात नरहेको बताएका छन् ।

सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी भारतीय पक्षले गरेको हो । पत्रमार्फत भनेको छ, “गस्कुमा नेपाली लुकछिपी आउने क्रम गस्तीले सुनेको थियो । जयसिंहले तार फुकालेर नेपालको तर्फ फालिरहेका थिए । तार फाल्ने क्रममा अल्झिएर धामी नदीमा वेपत्ता हुन् । यसमा एसएसबीको दोष छैन । तार फाल्ने क्रममै अल्झिएर नदीमा खसेका हुन्,” पत्रमा भनिएको छ ।

वेपत्ता धामीको खोजीको लागि भारतीय एसएसबीको उद्धार दलले काम गरिरहेको पनि भारतीय प्रशासनले जनाएको छ । घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो भए पनि मिडियामा आएजस्तो घटनामा एसएसबीको कुनै संलग्नता नभएको पत्रमा लेखिएको छ ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएका छन् । यस्तै नेपालस्थित जिल्ला प्रशासन कार्यालयले पनि एसएसबीको संलग्नता भन्ने खबरको सत्यता नभएको जनाएको छ । नेपाली प्रशासनले समाचार प्रति ध्यानाकर्षण भएको भन्दै दुई देशबीचको सम्बन्ध खलल पार्ने भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

महाकालीमा बेपत्ता भएका जयसिंह धामीका आफन्तले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन पेश गरी सत्यतथ्य छानविन गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

यस घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घट्नास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बम, सशस्त्र डिएसपी बीरसिंह धामी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्द लगायतको टोली घट्नास्थलमा पुगेको छ ।

सशस्त्र डिएसपी धामी र प्रहरी निरीक्षक चन्दको टोली घट्नास्थलमै छ भने सशस्त्र एसपी बम भने फर्किएका छन् । भोलि आइतबार नै प्रत्यक्षदर्शीलाई बोलाएर छलफल गरिने प्रहरीले जनाएको छ । अनुसन्धानको नतिजा आउनुअघि यस घटनाबारे प्रतिक्रिया दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome