सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

थप २,५६८ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु, २,०२० डिस्चार्ज

१७ श्रावण, २०७८ १६:४४ मा प्रकाशित

546 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ५६ हजार १९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३१ हजार २९८ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार २३५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २८ हजार ६३ जना होम आइशोलेसनमा रहेका छन् । ६७७ जना आईसियुमा १६९ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome