बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

विदेश जाने नागरिकको खोप प्रमाणीकरण निशुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

१७ श्रावण, २०७८ १६:४७ मा प्रकाशित

236 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – सरकारले विदेश जाने नागरिकहरुलाई कोभिड -१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अस्पतालहरुलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अनुरोध गरेका छन्।

‘साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार खोप लगाएका प्रमाणीकरण निशुल्क गर्ने निर्देशनअनुसार केही अस्पतालबाट शुल्क लिएको जनगुनासो प्राप्त भएकाले कोभिड- १९विरुद्धको खोप लगाएकाको प्रमाणीकरण निशुल्क गर्न गराउन निर्देशनअनुसार अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome