सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

चन्द्रागिरी नगरपालिकाभित्र भुमाफिया सक्रीय, जनप्रतिनिधिको समेत मिलिमतो !

१८ श्रावण, २०७८ ०८:४६ मा प्रकाशित

1160 पटक पढिएको

illegal plotting

काठमाडौं – चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानमा ६ ख मा रहेको १८६ , १८८ ,१८९ , १९० र १९१ गरि जम्मा ५ वटा कित्ताको जग्गामा नगरपालिकाको स्वीकृति नै नलिई प्लटिङ्ग गरेको खुलेको छ । उक्त जग्गामा भुमाफिया समुहले काठमाडौं उपत्यका बिकास प्राधिकरणले जारी गरेको मापदण्ड नै पालना नगरी प्लटिङ्ग गरेर अंशवन्डाको नाममा कित्ता काट समेत गराईसकेको तथ्य खुलेको छ ।
यस बारेमा चन्द्रागिरी नगरपालिकाका इन्जिनियर रबिन्द्र रिजालले उक्त जग्गा प्लटिङ्गको लागि कसैले नगरपालिकासँग स्वीकृति नलिएको बताउनुभयो ।

त्यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शम्भु कुमार के.सि. भने नगरपालिकाको स्वीकृति बिना उक्त जग्गामा आफ्नो डोजर चलाएर कमाउन ब्यस्त छन् । आफ्नो वडामा भईरहेको जग्गा प्लटिङ्ग बारे आफु अनविज्ञ रहेको र प्लटिङ्ग गर्न नगरपालिकाले स्वीकृति दिने हुँदा यस बारेमा नगरपालिकासँगै सोध्नु भन्ने जस्तो जवाफ दिँदै आइरहेका छन् । जुन जग्गामा आफ्नो डोजर भाडामा लगाएर काम गराइरहेको छ त्यही जग्गाबारे अनविज्ञता प्रकट गर्नुमा वडा अध्यक्ष ज्युको बोलिमा कहाँसम्म सत्यता होला ?

स्थानिय बासिन्दा भने त्यहाँ भईरहेको प्लटिङ्ग आफ्नो निजि जग्गामा मात्र नभई उक्त स्थानमा भएको सार्वजनीक जग्गा समेत मिचेको दाबी गर्दै आइरहेका छन् । स्थानियले यस्तो अबैधानिक तरिकाले मिचेर सार्वजनीक जग्गा बेच्ने काम तत्काल रोक्न माग समेत गरेका छन् ।

ब्यवसायिक रुपमा जग्गा प्लटिङ्ग बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणका प्रबक्ता घनश्याम पौडेल भने नयाँ बस्ती बसाउने बहानामा प्राधिकरण वा स्थानिय सरकारको स्वीकृति नलिई अबैधानिक तरिकाले ब्यवसायीक मनसायले जग्गा पलटिङ्ग गर्न नियम अनुसार नपाइने बताउनुहुन्छ ।

प्लटिङ्ग गर्ने जग्गामा कृषि उत्पादन नहुने भनी उपत्यका बिकास प्राधिकरणको प्राबिधिक टोलिबाट प्रमाणित हुन पर्ने , ढलको राम्रो ब्यवस्था हुनु पर्ने , आफ्नो जग्गा भित्र २० फिटको बाटो अनिवार्य हुनै पर्ने , जति क्षेत्रफलमा जग्गा प्लटिङ्ग हुने हो त्यसको ५ प्रतिशत जग्गा खुल्ला रुपमा छोड्नु पर्ने जस्तो मापदण्ड मध्य एउटा मात्र पनि मापदण्ड पालना नभए त्यस्तो प्लटिङ्ग कार्य तुरुन्त रोक्का गरि कारवाहिको दायरामा ल्याउन सकिने प्रबक्ता पौडेल बताउनुहुन्छ ।

आजभोली मालपोत कार्यालयबाट कित्ता काट गर्न रोक्का गरिएकोले भुमाफियाहरु वडा कार्यालयका कर्मचारीदेखि मालपोत कार्यालयका कर्मचारीहरुसम्मलाई आर्थिक प्रलोभनमा पारी त्यस्तो प्लटिङ्ग गरेको जग्गालाई अंशवन्डाको नाममा वडा कार्यालयबाट सजिलै सिफारिस लिँदै कित्ता काट गरेर मोटो रकम कमाउन पल्केका छन् ।यस्तो अबैधानीक काम प्रती सम्बन्धित निकायले सत्य तथ्य छानबिन गरि सार्वजनिक जग्गाको संरक्षण गर्न तर्फ ध्यान पुर्याउन अति जरुरी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome