सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

गोदाममा प्रहरीको छापा : १ करोडभन्दा बढिको सामान बरामद

१८ श्रावण, २०७८ ०८:५५ मा प्रकाशित

836 पटक पढिएको

date expired products seized

काठमाडौं – महानगरीय अपराध महाशाखा तथा बाणिज्य बिभागको संयुक्त अनुगमन टोलिले काठमाडौंको सानो भर्याङ्गस्थित अन्नपुर्ण चोकमा रहेको एउटा घरमा रहेको गोदाममा छापा मारेको छ । यस गोदामबाट झण्डै १ करोडभन्दा बढिको कस्मेटिक्स र घरेलु प्रयोजनमा आउने झोल पदार्थहरु बरामद गरिएको छ ।

प्रहरीका अनुसार अबिनाश अग्रवालले सञ्चालन गर्दै आएको उक्त गोदाममा रहेको सामानको म्याद गुज्रेपछि पुरानो म्याद मेटेर पुन: नयाँ म्याद प्रीन्ट गरेर सोही सामान बिक्रीको लागि पुन: बजारमा पठाउने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धानको लागि सञ्चालक अबिनाश अग्रवाल, म्यानेजर महाबिर गुरजरसहित ४ जना कामदारहरुलाई समेत नियन्त्रणमा लिएको छ । उक्त गोदामबाट नेपालको नाम चलेको भाटभटेनी सुपर मार्केट, बिगमार्ट, सेलवेज जस्ता डिपार्ट्मेन्टल स्टोरमा समेत गुज्रेको म्याद परिवर्तन गरि सामान पठाइने सञ्चालक अबिनाश अग्रवालले जानकारी गराएका छन् । छापा मारे पछि उक्त गोदामबाट बाणिज्य बिभागको टोलिले नमुना सामान लैजानुका साथै अनुसन्धान अवधीसम्मको लागि गोदाम शील गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome