शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

दार्चुला घटनाको छानविन गर्न टोली घटनास्थल तर्फ

१८ श्रावण, २०७८ १५:२५ मा प्रकाशित

517 पटक पढिएको

tuin technology

काठमाडौं – दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानविन समितिको टोली सोमबार दिउँसो घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

समितिका संयोजक जनार्दन गौतमसहित समितिको टोली दिउँसो २ बजे त्रिभुवन विमानस्थलबाट कैलालीको धनगढीतर्फ प्रस्थान गरेको हो । भोलि मंगलबार मात्रै धनगढीबाट हेलिकप्टरबाट दार्चुला जाने तालिका छ ।

उक्त समितिले घटनास्थलमा पुगेर सत्यतथ्य पत्ता लगाइ छानविन गर्ने बताइएको छ । छानविन समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । समितिमा संयोजक गौतमसहित नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् । गत साता महाकाली नदीमा तुइन तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी वेपत्ता भएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome