सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

लुम्बिनीमा नयाँ सरकार गठन गर्न माग गर्दै विपक्षी गठबन्धन

१८ श्रावण, २०७८ १५:२८ मा प्रकाशित

596 पटक पढिएको

lumbini province assembly hall

बुटवल – एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको बताइरहेका विपक्षी गठबन्धनले नयाँ प्रदेश प्रमुख आउनुसाथ संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न माग गरेका छन्। लुम्बिनीमा अहिले एमालेको सरकार उपधारा १ बमोजिम रहेको छ।

प्रदेश प्रमुख अमिक शेरचनलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले ४१ सांसदको हस्ताक्षर बुझाएका हुन्।

‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा. शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराइयो।’– निवेदनमा भनिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome