आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

श्रीमतीको रिसले छिमेकीलाई एसिड प्रहार गर्ने पक्राउ

१८ श्रावण, २०७८ १५:४७ मा प्रकाशित

476 पटक पढिएको

roman saun

काठमाडौं – श्रीमतीको रिसले छिमेकी महिलालाई एसिड प्रहार गर्ने सुनसरीको बराहक्षेत्र ३ हर्दिया का ३० वर्षीय रोमन राजधामी पक्राउ परेका छन् । गत साउन १२ गते छिमेकी ४३ वर्षकी श्यामकुमारी धामीलाई एसिड हानेर भागेका रोमन साउन १५ गते पक्राउ परेका हुन् ।

रोमनले त्यो दिनआफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई एसिड प्रहार गर्न खोजेका थिए । चुरोटको विषयमा भएको वादविवाद बढ्दै गएपछि उनले एसिड प्रहार गर्न खोजेका थिए ।

श्रीमानले एसिड हान्न खोजेको थाहा पाउने बित्तिकै डरले भागेकी सरस्वती ज्यान जोगाउन छिमेकी श्यामकुमारी धामीको घरमा लुकेकी थिइन् । हातमा एसिडको बोतल बोकी पछिपछि लखेट्दै गएका रोमनले बाहिरबाट ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेका थिए ।

त्यसो नगर्न सम्झाउने क्रममा बाहिर निस्केकी धामीको टाउको तथा अनुहारमा रोमनले एसिड हानेको प्रहरीले जानकारी दिएको छ । सो क्रममा रोमनलाई रोक्न आएका छिमेकी २१ वर्षीय सुनम राजधामी र १९ वर्षीय सुजन राजधामीसमेत एसिडको छिटाले लागेर घाइते भएका थिए ।

गम्भीर घाइते भएकी श्यामकुमारी धामीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकी थप उपचारका लागि विराटनगरको म्याक्स अस्पताल लगिएको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसपछि घटनामा संलग्न रहेका रोमन फरार रहेका थिए। काठमाडौंको गौशालाबाट पक्राउ परेका रोममाथि एसिड आक्रमण (कुटपिट वा अंगभंगसम्बन्धी कसुर) मुद्धामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome