शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

गोरु काटेको आरोपमा दुईजना पक्राउ

१८ श्रावण, २०७८ १५:५० मा प्रकाशित

615 पटक पढिएको

ox killing case

काठमाडौं – गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुईजना पक्राउ परेका छन् । गत साउन१६ गते शनिबार राति बराहक्षेत्र ७ बुद्धचोकमा गोरु काटेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको हो ।

स्थानीय चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome