सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

थप ३,१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु, १,९२५ डिस्चार्ज

१८ श्रावण, २०७८ १६:५७ मा प्रकाशित

726 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ६१ हजार ४३२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ५८ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३१ हजार ६२९ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार २२४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २८ हजार ४०५ जना होम आइशोलेसनमा रहेका छन् । ६९० जना आईसियुमा १७५ जना भेन्टिलेटरमा उपचारारत छन् । ३६८ जना क्वारेन्टाईममा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome