शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

१९ श्रावण, २०७८ १७:०८ मा प्रकाशित

495 पटक पढिएको

cm shankar pokharel

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । लुम्‍बिनीमा यसअघि पनि विपक्षीले मुख्‍यमन्‍त्री पोखरेलविरुद्ध अविश्वास प्रस्‍ताव दर्ता गराएको थियो ।

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । यसअघि साउन १८ गते एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै विपक्षी गठबन्धनका ४१ जना सांसदले नयाँ सरकार गठनको माग गर्दै हस्ताक्षर बुझाएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले ४१ सांसदको हस्ताक्षर बुझाएका थिए।लुम्बिनीमा अहिले एमालेको सरकार उपधारा १ बमोजिम रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome