शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

१९ श्रावण, २०७८ १७:२४ मा प्रकाशित

473 पटक पढिएको

coas meets american envoy for nepal

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भेटका क्रममा कोरोना भाइरस संक्रमणका कारण रोकिएका नेपाल र अमेरिकी सेनाबीचको विभिन्न तालिम तथा अभ्यासलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको बताइएको छ। भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome