शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

दाङबाट अत्याधुनिक पेस्तोलसहित दुई भारतीय पक्राउ

१९ श्रावण, २०७८ १७:४२ मा प्रकाशित

289 पटक पढिएको

indians in custody for possession of pistols

काठमाडौं – दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका १ जुरौली देउखुरीबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी करिब ५ बजेतिर पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome