सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

विद्युत प्राधिकरणमा कुलमानलाई निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

२० श्रावण, २०७८ ०९:४२ मा प्रकाशित

437 पटक पढिएको

nea chairman kulman ghising

काठमाडौं – प्रधानमन्त्री शेरबहादु्र देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री देउवाले हालका निर्देशक हितेन्द्रदेव शाक्यसँग राजीनामा माग गरी घिसिङलाई निर्देशकमा नियुक्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome