सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

राष्ट्रिय स्वाधीनता र सार्वभौमत्तामाथिको अतिक्रमण स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

२० श्रावण, २०७८ १५:२६ मा प्रकाशित

562 पटक पढिएको

narayan kaji shrestha

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र सार्वभौमत्तामाथिको अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

बुधबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामीले ज्यान गुमाउनु परेको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।

नेता श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति र अतिक्रमण कुनै हालतमा स‍ह्य नहुने बताए। ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले भने, ‘राष्ट्रिय राजनीतिमा केही मतभेद भए पनि राष्ट्रियताको मामिलामा हामी एक छौं । हेपाहा व्यवहार र अतिक्रमण स‍ह्य छैन ।’

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्नेमा उनले जोड दिए। ‘उनले अघि भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले अबिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ।’

उनले घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउन पनि आग्रह गरे। प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उनले प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न माग गरे।

‘यस सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कुटनीतिक पहल गरेर आवश्यक पर्दा जुनसुकै कदम चाल्न तयार छु भनेको छ । ठिकै छ । तर ढिलो भयो। भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीलाई कारबाही गर्ने, पीडित परिवालाई राहतको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्न चाहन्छु । उनले भने, ‘अमानवीय, क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ पीडाको बाँध भत्काएर बाहिर आउने अवस्था नआओस् भन्न चाहन्छु ।’

परिवारजनले धामीको शव नभेटाएपछि मृत्युको आशंकामा अन्तिम संस्कार गरेको घटनाले मुटु छियाछिया बनाएको भन्दै नेता श्रेष्ठले अबिलम्ब राहत उपलब्धताका लागि सरकासँग माग गरे।

केही दिनअघि महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षाबल एसएबीले तुइनको तार काटिदिँदा महाकालीमा बेपत्ता भएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome