सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

थप ४,१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु, १,५३५ डिस्चार्ज

२० श्रावण, २०७८ १७:३८ मा प्रकाशित

336 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार ९२२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ६१ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३३ हजार ४६४ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार १९४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३० हजार २७० जना होम आइशोलेसनमा रहेका छन् । ७१४ जना आईसियुमा १५६ जना भेन्टिलेटरमा उपचारारत छन् । ३७८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome