शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु, २,०१२ डिस्चार्ज

२१ श्रावण, २०७८ १७:४४ मा प्रकाशित

320 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ६३ हजार ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३४ हजार ४२२ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३१४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३१ हजार १०८ जना होम आइशोलेसनमा रहेका छन् । ७१३ जना आईसियुमा १५८ जना भेन्टिलेटरमा उपचारारत छन् । ३७५ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome