बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते

१७ श्रावण, २०७७ १७:२२ मा प्रकाशित

204 Views पटक पढिएको

accident grahic

डडेल्धुरा – डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दु्र्घटना भएको हो।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङ्गतर्फ आउँदै गरेको सु प प्र ०१–००१–ख २३२३ नं. को हाइस शनिबार बिहान करिव ३ बजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ। हाइस अनियन्त्रित भइ रोडभन्दा अन्दाजी १०/१५ मिटर तल खसेको थियो । उक्त हाइसमा सवार १७ जना घाइते भएका डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने ३० हिमाल माझी(साहुँ) र कैलाली गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारालाई उपचारको लागि धनगढी पठाएको डीएसपी न्यौपानेले बताए।

उनका अनुसार घाइते हुनेमा बझाङ्ग तलकोट गाउँपालिका–२का २३ वर्षीया सुशिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका अशोक कुँवर, ३५ वर्षका मिनबहादुर कुँवर रेहका छन्।

यस्तै ४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गंगा कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका पवन धामी, ६ वर्षीय अनुप रोकाया रहेका छन्। घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको र अवस्था समान्य रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome