शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सरकारलाई पूर्णता दिन ढिला गर्नु हुँदैन : डा. रामशरण महत

२१ श्रावण, २०७८ १८:०४ मा प्रकाशित

464 पटक पढिएको

dr ramsharan mahat

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले जतिसक्दो छिटो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

‘सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको यतिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिला गर्नु हुँदैन’ नेता महतले भने ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरी सच्याउनुपर्ने सुझाव दिए ।

यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न पनि नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाइ छ ।

अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने पनि उनको सुझाव थियो । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाहृय दुवै ऋण बढाएको उनको गुनासो छ ।

“अहिले एक जनाको भागमा ५२/५३ हजार ऋण पुगेको छ । अब बजेट ल्याउँदा प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ” डा महतले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome