शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

२१ वर्षपछी मेस्सीले छाडे बार्सिलोना

२२ श्रावण, २०७८ ०७:४८ मा प्रकाशित

475 पटक पढिएको

lionel messi

काठमाडौं – अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।

मेस्सी र क्लबबीच सम्झौता थप्न भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर क्लबका अनुसार आर्थिक र संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । त्यसैले अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।

३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको अनुबन्धन गत जुलाई १ तारीकमा सकिएको थियो । त्यसको दुई साता पछी बार्सिलोना र मेस्सीबिच कम पारिश्रमिकमा नयाँ सम्झौता गर्ने सहमती भएको थियो । तर ला लिगाको दायराभित्र रहेर त्यो सम्झौता पुरा गर्न बार्सिलोनाअले केहि खेलाडी बेच्नुपर्ने हुनपुग्यो जुन बार्सिलोनाले गर्न सकेन र अन्तत: २१ वर्ष बार्सिलोनामा बिताएका मेस्सीका लागी अब बार्सिलोनामा ठाउँ छैन ।

यो परिस्थितिका लागी बार्सिलोनाले ला लिगालाई दोषी ठहर्‍याएको छ ।

बार्सिलोनालाई आजको अहोदासम्म पुर्‍याउन मेस्सीले दिएको योगदानका लागी कृतज्ञता ज्ञापन गर्दै क्लबले उनको आगामी दिनहरुका लागी शुभकामना समेत दिएको छ ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सीले क्लबका लागी ६७२ गोल गर्दै १० ला लिगा, ४ च्याम्पिअन्स लिगा र ७ कोपा डेल रेको उपाधी जित्दा ६ पटक बलुन डिअर समेत जितेका छन् ।

हालै बार्सिलोनाका अध्यक्ष बनेका योआन लापोर्ताको पहिलो प्राथमिकता मेस्सीलाई क्लबमै राख्नु भएपनी क्लबको आर्थिक स्थितिका कारण त्यो सम्भव हुन सकेन ।

यतिबेला मेस्सी विश्व फूटबल जगतमा सर्वाधिक मागमा रहेका खेलाडी हुन् भने केहि समयदेखीनै उनको नाम पेरिस सेन्ट जर्माइन र म्यान्चेष्टर सिटीसँग जोडिने गरेको थियो । यस्तै अमेरिकन सक्कर लिग (MLS) मेस्सीले अनुभव गर्न चाहेको अर्को गन्तव्य हुनसक्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome