शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

१०० मिलियन पाउण्डमा ग्रिलिस म्यानचेष्टर सिटीमा

२२ श्रावण, २०७८ ०८:३७ मा प्रकाशित

539 पटक पढिएको

jack grealish

काठमाडौं – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई बेलायती कीर्तिमानी रकम १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

यसअघि म्यानचेष्टर युनाइटेडले पउल पोग्बालाई बेलायती कीर्तिमानी रकम ९० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

२५ वर्षीय इंग्लिस खेलाडी ग्रिलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । ग्रिलिसले अब सिटीमा सर्जियो अगुएरोले छाडेको १० नम्बरको जर्सी लगाउने छन् ।

ग्रिलिसले ८ सिजन एस्टन भिल्लामा बिताउँदा कूल २१३ खेल खेले । जसमा ३२ गोल गरे भने ४३ असिस्ट गरे ।

ग्रिलिसले सन् २०१४ मा एतिहाड स्टेडियममा सिटी विरुद्ध खेल्दै एस्टन भिल्लाका लागि डेब्यु गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome