शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

गोरखामा एमसीसीको विरोध गर्दै राजसंस्थाका समर्थक

२३ श्रावण, २०७८ १८:४३ मा प्रकाशित

542 पटक पढिएको

rally against mcc in gorkha

गोरखा – गोरखा सदरमुकाममा राजसंस्थाका समर्थकहरुले एमसिसिको विरुद्धमा प्रदर्शन गरेका छन्। शनिबार बिहान ११ बजे राष्ट्रिय शक्ति नेपालको ब्यानरमा विरोध प्रदर्शन गरिएको हो।

विरोध र्‍यालीमा सहभागीले एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने नारा लगाएका थिए।

प्रर्दशनमा सहभागीहरुले ‘एमसीसी खारेज गर’, ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु सनातन वैदिक राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए।

सदरमुकामको रंगशाला गेटबाट निकालिएको विरोध जुलुस हरमटारी चोक, लोकतान्त्रिक चोक, जिबिसचोक, शक्तिचोक हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome