सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै डा. केसी सत्याग्रहमा

२३ श्रावण, २०७८ १८:४८ मा प्रकाशित

240 पटक पढिएको

dr govinda kc

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गरेका हुन्। उनले विभिन्न पाँच बुँदे माग गर्दै सत्याग्रहको घोषणा गरेका हुन्।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने पहिलो माग राखेका छन्। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न साेथ माग गरेका छन्। उनले बीपीलगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्न र त्यसका लागि तत्काल कानुनी व्यवस्था लागू गर्नुपर्ने अर्को माग राखेका छन्।

यस्तै डा. केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले सम्झौता भए बमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाउनुपर्ने माग राखेका छन्।

यस्तै डा. केसीले यसअघि भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न समेत माग गरेका छन्। तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न समेत उनले माग गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome