शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

कक्षा १२ को परीक्षा स्थगित

२४ श्रावण, २०७८ ०८:०४ मा प्रकाशित

287 पटक पढिएको

national examination board nepal

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ। बोर्डको शनिबार बसेको बैठकले कोरोना संक्रमणदर बढेको भन्दै पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय गरेको हो।

उक्त परीक्षा साउन ३१ देखि हुने तय भएको थियो। अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना दिइने बोर्डले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।

कक्षा १२ को परीक्षाका लागि ३ लाख ७२ हजार ३ सय ४८ विद्यार्थीले फारम भरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome