बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप २,५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु, २,०२९ डिस्चार्ज

२४ श्रावण, २०७८ १९:३९ मा प्रकाशित

756 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ६९ हजार २९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३५ हजार ४८५ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ५२२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३१ हजार ९६३ जना होम आइशोलेसनमा रहेका छन् । ८०२ जना आईसियुमा १८१ जना भेन्टिलेटरमा उपचारारत छन् । ४७५ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome