सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ३,६५१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु, १,७८४ डिस्चार्ज

२५ श्रावण, २०७८ १७:५० मा प्रकाशित

253 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७८४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ७१ हजार ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३६ हजार २८८ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३८१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३२ हजार ९०७ जना होम आइशोलेसनमा रहेका छन् । ७४१ जना आईसियुमा १८६ जना भेन्टिलेटरमा उपचारारत छन् । ४४१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome