शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

२ करोडभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

२६ श्रावण, २०७८ १५:४९ मा प्रकाशित

420 पटक पढिएको

cash seized

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले नगद ९१ लाख ९६ हजार र झण्डै १ करोड भन्दा बढिको चेक गरी जम्मा २ करोड ८ लाख सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको ताहचल बस्ने सन्चालक वर्ष ५३ का तनुज अग्रवाल, गोङ्गबु बस्ने वर्ष २५ को नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने वर्ष २९ का नरबहादुर खड्का र जोरपाटी बस्ने बस्ने वर्ष ३४ का अर्जिन चौलागाईं रहेका छन् ।

उनिहरुलाई काठमाडौंको वडा नम्बर २२ क्षेत्रमा हुण्डी कारोबार हुँदैछ भन्ने सुचनाको आधारमा खिचापोखरीबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

प्रहरीले उनिहरुको साथबाट नगद ९१ लाख ९६ हजार, ८० लाख ४३ हजार बराबरको डिपोजिट स्लिप र ३८ लाख ८३ हजर बराबरको चेक बरामद गरेको छ ।

पक्राउ परेका ४ जनालाई आवश्यक कारवहिको लागि सम्पती सुद्दिकरण विभाग पठाइने महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

hundi workers

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome