सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

१८ श्रावण, २०७७ ०९:२३ मा प्रकाशित

715 पटक पढिएको

corona patient dies

वीरगञ्ज – वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने क्रम जारी छ । शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन । उनको शुक्रबार राति कोरोना संक्रमण मृत्यु पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि बयोधाले कोरोना अस्थायी अस्पताल रिफर गरेको थियो । तर, उनको बयोधामा नै निधन भएको थियो ।

यसअघि लगातार चार दिन वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome