सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ४,९०४ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु, २,११५ डिस्चार्ज

२६ श्रावण, २०७८ १७:१४ मा प्रकाशित

466 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ११५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ७३ हजार १९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३७ हजार ३३२ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३४७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३३ हजार ९८५ जना होम आइशोलेसनमा रहेका छन् । ७६१ जना आईसियुमा १७६ जना भेन्टिलेटरमा उपचारारत छन् । ३८१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome