सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

विद्युत प्राधिकरणको निर्देशकमा कुलमान पुन:नियुक्त

२७ श्रावण, २०७८ १४:१६ मा प्रकाशित

553 पटक पढिएको

kulman ghising reappointed as nea director

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् ।

यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक बनेका हुन् । यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले विशिष्ट श्रेणी (सचिव) सरह जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ ।

घिसिङको पुन:नियुक्ति स्वागतयोग्य भएपनि प्रचारबारे भट्टराई असन्तुष्ट

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विषयमा प्रश्न उठाएका छन्। घिसिङको पुन:नियुक्ति स्वागतयोग्य भएपनि प्रचारबारे असन्तुष्ट व्यक्त गरेका हुन्।

भट्टराई कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग/असहयोग र कसको विरोध भन्न जरुरी नरहेको दाबी गरे। उनले कस्ता दिन आए भन्दै व्यङ्यसमेत गरेका छन्। सत्तारुढ जनता समाजवादी पार्टीका नेता भट्टराईले भने,‘कुलमानको कमब्याक स्वागतयोग्य छ! बधाइ! तर उनको नियुक्तिमा कसको प्रस्ताव,कसको सहमति,कसको सहयोग,कसको असहमति,कसको असहयोग,कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ? कस्ता दिन आए….!!’

घिसिङको नियुक्ति नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुषालको सहयोग भन्ने समाचार आउन थालेपछि भट्टराईले असन्तोष्ट व्यक्त गरेका हुन्। आन्तरिक विवाद हुँदा सरकारमा जसपाले हालसम्म मन्त्रि पठाउन सकेको छैन।

यस अगाडि प्रधानमन्त्री शेरबहादु्र देउवाले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्रीलाई निर्देशन दिएको समाचार बाहिरिएको थियो। मंगलबार प्रधानमन्त्री देउवाले हालका निर्देशक हितेन्द्रदेव शाक्यसँग राजीनामा माग गरी घिसिङलाई निर्देशकमा नियुक्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको सचिवालयले जनाएको छ।

यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो। र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome