आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप ३,४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु, २,११५ डिस्चार्ज

२७ श्रावण, २०७८ १७:५२ मा प्रकाशित

490 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ७५ हजार ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३८ हजार ३३ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार २२० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३४ हजार ८१३ जना होम आइशोलेसनमा रहेका छन् । ७९६ जना आईसियुमा १८४ जना भेन्टिलेटरमा उपचारारत छन् । ३९९ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १८० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome