शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

२७ श्रावण, २०७८ १७:५४ मा प्रकाशित

688 पटक पढिएको

lumbini province assembly hall

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

बुधबार विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । प्रदेशसभामा बुधबार नै पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यकालिका थियो ।

गत बैशाखमा पनि राजीनामा दिएर फेरि बहाल भएका एमाले नेता पोखरेलको अब मुख्यमन्त्रीको यात्रा टुंगिएको छ । पोखरेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेको थियो ।

लुम्बिनी प्रदेशसभाले अब नयाँ मुख्यमन्त्री चयनका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका हुन् ।

लुम्बिनीमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतको सरकार गठन हुनेछ । यसमा दुई वा दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्न सक्नेछ । नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम सिफारिस भएको छ ।

केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome