शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

२८ श्रावण, २०७८ ०८:४३ मा प्रकाशित

493 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले देशभरका सम्पुर्ण खोप केन्द्रलाई निर्देशन दिएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटमार्फत काठमाडौं लगायत सबै प्रदेशका परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाइने बताएका छन्।

काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा खोप लगाइने उनले बताएका हुन्।

‘विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छ’, उनले भने, ‘यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ।’

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। विभिन्न तहका परीक्षाको तालिका सार्वजनिक भएसँगै कोरोना संक्रमणको त्राश बढिरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome