शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा आजदेखी राति ८ बजेपछि अत्यावश्यक वाहेकका सवारी साधन आवागमनमा रोक

२८ श्रावण, २०७८ १८:३४ मा प्रकाशित

281 पटक पढिएको

streets in kathmandu

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलन नदिन आजदेखी राति ८ बजेपछि अत्यावश्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।

निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ । “भीडभाड नहोस् भनेर सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । जहाँ भए पनि ८ बजेसम्म सबै सवारी गन्तब्यमा पुगिसक्नुपर्‍यो भनेका छौँ । भीडभाड नगरिकन पैदलयात्रुहरु भने आवतजावत गर्न सक्नेछन्” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भनेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेका थिए । साथै तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै कोरोना नियन्त्रणका लागि सबैलाई सचेत गराएका थिए । यसवाहेक काठमाडौं बाहिरका कतिपय जिल्लामा समेत कोरोना नियन्त्रणका लागि फेरि निषेधाज्ञा लगाउन थालिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome