शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

सांसद महतको प्रश्‍न : कुलमान बूढो भएपछि सरकारले अर्को कुलमान कसरी खोज्छ ?

२९ श्रावण, २०७८ १६:२२ मा प्रकाशित

465 पटक पढिएको

gajendra bahadur mahat

काठमाडौं – माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोस्रो पटक नियुक्ति गरेकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद महतले सरकारले कुलमान वाहेक कसैलाई नदेखेको भन्दै व्यंग गरेका थिए । ‘पुरानो सरकारले हनुमानमात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो’ नेता महतले भने ।

कर्णालीमा हाजिर नगरिकनै तलब खाइरहेका कर्मचारीको सन्दर्भ जोड्दै अन्य क्षेत्रमा पनि धेरै वेथिति भएकाले त्यता पनि ध्यान दिन उनले सुझाव दिए । साथै कुलमान वाहेक अरु सक्षम कर्मचारीलाई पनि अवसर दिनुपर्ने उनको तर्क थियो ।

कुलमानका कारण प्राधिकरणलाई फाइदा नै पुगेको भए पनि कुलमान वाहेक अरु मान्छे नै छैनन् त ? भन्दै उनले प्रश्न गरेका थिए । महतले सोधेका छन्, ‘कुलमान बूढो भएपछि सरकारले के गर्छ त ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ ?’

विद्युत प्राधिकरण वाहेक पनि अरु धेरै संस्थान डुबेको र कुलमान वाहेक अरु धेरै कर्मचारी सक्षम भएकाले अरु संस्थान बचाउन पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome