आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

रेमिट्यान्स निक्षेपमा थप १ प्रतिशत ब्याज

२९ श्रावण, २०७८ १७:१७ मा प्रकाशित

229 पटक पढिएको

nepal rastra bank

काठमाडौं – अब रेमिट्यान्सको रकम बैंकमा निक्षेपको रुपमा राखे थप १ प्रतिशत विन्दू ब्याजदर पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् रेमिट्यान्सलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विप्रेषणलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका हुन् ।

यसअघिका वर्षहरुमा राष्ट्र बैंकले विप्रेषणको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको थियो । अधिकांशले यस्तो रकम उपभोग्य वस्तु, विलासी र घरजग्गामा खर्च गर्दै आएका थिए ।

यसैले यसलाई वचत गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको देखिन्छ । अहिले थप व्याजदरमा प्रोत्साहन गरेर यस्तो रकम बैंकिङ प्रणालीमा राखी राख्ने रणनीति अपनाएको देखिन्छ । उक्त व्यवस्था कार्यान्वयनमा आएपछि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउनेछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome